पाल्पा– स्थानीय तहको निर्वाचनमा उम्मेद्वार छनौटमा सिनियर र फिल्डमा खटेकोलाई पाखा लगाउँदै गठबन्दनको नाममा पार्टी सिद्धान्त विपरित टिकट बाँडेको भन्दै नेपाली काँग्रेस पाल्पामा चरम असन्तुष्टि बढेको छ ।

जिल्ला तहकाे नेतृत्वले नेपाली काँग्रसले पार्टीको काममा खटिएका भन्दा पनि अरुलाई उम्मेद्वार बनाएको आरोप उनीहरुले लगाएका छन् । काँग्रेसका रम्भा, बगनासकाली, रिब्दीकोट, तिनाउँ र रैनादेवी छहरा र तानसेनमा व्यापक असन्तुष्टि बढेको हो ।

https://amzn.to/4myfPN5

तिनाउँमा गठबन्धनको नाममा माओवादीलाई प्रमुख छाडेको भन्दै सभापति प्रेम पाण्डे सहितका पदाधिकारीहरुले राजिनामा दिएका छन्, यस्तै रिब्दीकोटमा स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गरेका छन् भने रैनादेवी छहरामा पनि वर्तमान गाउँपालिका उपाध्यक्ष सहितका दुई दर्जन बढीले राजीनामा दिएका छन् । यस्तै तिनाउँ र रम्भामा पनि स्वतन्त्र रुपले उम्मेदवारी दिने तयारी भएको छ ।

तानसेनमा समेत व्यवसायी सन्तोषलाल श्रेष्ठलाई टिकट दिएपछि असन्तुष्टि बढेको बताइन्छ यस्तै वडाहरुमा समेत व्यापक असन्तुष्ट रहेको र त्यसले काँग्रेस पार्टीलाई नै घात गर्ने र गठबन्दनका उम्मेद्वारहरु नै हार्ने काँग्रेसकै नेताहरुले बताउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर