यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बुटवल उपमहानपालिकामा उपप्रमुख पदका लागि २६ वर्षिया युवतीको उम्मेदारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट उप प्रमुखका लागि भगवती पाण्डेले उम्मेदवारी दर्ता गराएकी हुन् ।

बुटवल-११ को बासिन्दा पाण्डेय राप्रपाको क्षेत्रिय कोषाध्य हुन भने नेपाल ट्रेडयूनियन महासंघको जिल्ला अध्यक्ष हुन् । बुटवलको पुलचोकमा अवस्थित दुर्गा मन्दिरमा पुगी ‘म भ्रष्टाचार गर्दिन ‘- भन्ने प्रण गरेर बुटवल उपमहानगरको निर्वाचन कार्यालयमा आई सोमबार दिउँसो उनले उमेद्वारी दर्ता गराएकी हुन् ।

१६ वर्षको उमेर एसएलसी दिएसँगै राजनीतिमा सक्रिय भएको बताउने उनले अबको नेतृत्व युवाको हातमा जानू पर्ने बताइन् । राप्रपामा रहेर विगत १० वर्षदेखि राजनीतिक जीवन बिताएको तथा अवको नेतृत्व युवामा जानू पर्छ भन्ने मान्यताले नै पार्टीले टिकट दिएको उनले उल्लेख गरिन । महिला अधिकारको क्षेत्रमा समेत काम गर्दै आएकी उनी एक सफल उद्यमी पनि हुन् । उनले बुटवलमै केक कोसेली बुटवल सञ्चालन गर्दै आएकी छन् । राप्रपाको तर्फबाट बुटवलको प्रमुखमा मृगेन्द्र शेरचनले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर