३ वैशाख २०७९, शनिबार

पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा-६, जुठापौवामा शुक्रबार साँझ ग१ख ४९०२ नम्बरको बस दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मृत्यु हुनेमा रैनादेवी छहरा-६, धारापानीका ४२ वर्षका बेदबहादुर जीसी र १० वर्षका अशोक रास्कोटी रहेका छन् । उनीहरूको  उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।

बस सडकबाट चारसय मिटर तल खसेर भएको दुर्घटनामा परी सोही ठाउँका ७ वर्षका रोहित घर्ती, ८ वर्षका मिलन बगाले, ८ वर्षका रोमन घर्ती, ९ वर्षका खिमबहादुर घर्ती सख्त घाइते भएका छन् ।

घाइते चार जनाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र  थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर