CKI HWIC  काठमान्डूले विद्यार्थीहरुको शिक्षा, स्वस्थ तथा वातावरणको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

किवानिसको छाता संगठन भनेर चिनिने यस संस्थाले आफ्नो स्थापना काल देखि नै बालबालिकाको हक हितको विषयमा काम गर्दै आइरहेको छ । सर्कल के इन्टरनेसनल CKI HWIC  ले बाँके जिल्लाको चप्परगौड़ी स्थित श्री ज्ञान ज्योति माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरि त्यस विद्यालयको पुस्तकालयको स्तर वृद्धि गरेको छ । संस्थाका अध्यक्ष अस्मिता सिग्देल, सचिब विकास ज्ञवाली , कोषाध्यक्ष बन्दना बुडथापा , विद्यालयका प्रधानाध्यापक बिनोद लम्साल तथा विद्यार्थीको उपस्थितिमा गरिएको पुस्तक वितरण कार्यक्रममा बोल्ने क्रममा विद्यालयका प्रधानाध्यापक लम्सालले यसरि विद्यार्थीहरुबाट आएको नविनतम सोच र पुस्तकालयको स्तर उन्नतिको काम आफ्नो विद्यालयमा हुन पाउदा निकै नै खुसि लागेको बताए र पुस्तकको महत्व पनि बताए । विद्यालय CKI HWIC संग सहकार्य गर्न पाउदा खुसि भएको पनि बताए । साथै पुस्तक वितरण पछि त्यसै दिन पुस्तक लैजाने ९ जना विद्यार्थीले पुस्तक लागे बापत ९ वोटा विरुवा पनि लगाए ।  यसरि वातावरण र शिक्षालाई संगै लैजाने अभियानमा सबै जोडिन संस्थाका अध्यक्ष अस्मिता सिग्देलले अनुरोध गरिन ।

विशेष समारोह बीच गरिएको त्यस कार्यक्रममा संस्थाका सचिब विकास ज्ञवालीले बोल्ने क्रममा प्रकृतिमा पाइने वनस्पतिबाट बन्ने किताब कापी हरुको प्रयोग गर्ने र त्यस बापत आफुले रुख या बनस्पति लगाएर प्रकृतिलाई उपहार दिएर आफु एक विवेकशील प्राणी रहनुको औचित्य स्थापित गर्न विद्यार्थी हरुलाई अनुरोध गरे । यसो गरेको खण्डमा शिक्षा ,वातावरण र सरसफाई संगै बढ्न सक्ने कुरा पनि राखे ।

त्यस कार्यक्रम पश्चात विद्यार्थी र शिक्षक शिक्षिका हरुमा उत्साह आएको कुरा प्रधानाध्यापक लम्सालले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर