२०७८ चैत्र २९, मंगलवार

नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका मेयर र उपमेयरका उम्मेदवारका लागि सिफारिस गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मेलम्ची नगरपालिका मेयर र उपमेयर ३/३ जनाको नाम सिफारिस भएको केन्द्रीय सदस्य युवराज दुलालले बताए ।

सोमबार बसेको नगरपालिकाको बैठकले सर्वसम्मत रुपमा उम्मेदवार चयन गर्न नसकेपछि ३/३ जनाको नाम सिफारिस गरिएको हो ।

दुलालका अनुसार मेयरका लागि चन्द्रबहादुर थापा, देबेन्द्र घोरासैनी र उदन आलेको नाम सिफारिस भएको छ।

यस्तै उपमेयरमा मुनादेवी ढकाल, लक्ष्मी ढकाल, मिथिला सिग्देलको नाम सिफारिस भएको दुलालले बताए ।

यसअघि निर्वाचन माओवादी यस नगरमा तेस्रो भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर