
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलसहितको टोली निर्वाचन आयोग पुगेको छ। बिहीबार दिउँसो १ बजे महासचिव पोखरेलसहितका नेताहरू आचारसंहिताबारे ध्यानाकर्षण गराउन आयोगमा पुगेको हो।
आचारसंहितामा चित्त नबुझेका कुराबारे महासचिव पोखरेलले निर्वाचन आचारसंहिताबारे आयोगका प्रमुख आयुक्त दिनेश थपलियालाई ज्ञापन पत्र बुझाउँदैछन्। आयोग सत्ता गठबन्धनको इशारामा चलेको आरोप लगाइरहेको एमालेले त्यसप्रति विरोध जनाउन आयोगको कार्यालयमा टोलीले नै पठाएको हो।
टोलीमा महासचिव पोखरेलसँग कानुन विभाग प्रमुख रमेश बडाल, निर्वाचन विभाग प्रमुख विष्णु रिमालसहितका नेताहरू छन्। एमालेले यसअघि मंगलबार भएको छलफलमा आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गर्ने भनिएको आचारसंहितामा हस्ताक्षर गर्न अस्वीकार गरेको थियो।