
२०७८ चैत्र १२, शनिबार
काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग कुनै पनि दलले प्रतिस्पर्धा गर्न नसक्ने दावी गरेका छन् ।
प्रतिस्पर्धा गर्न नसक्ने भएपछि प्रतिस्पर्धी दलहरू आत्तिएको बताए ।
उनले प्रतिस्पर्धी दलहरूलाई ‘क्षमताको शून्यता भएकाहरू’ को संज्ञा दिए ।
‘क्षमताको शून्यता भएकाहरू आत्तिन्छन् । एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैनन्,’ ओलीले शनिबार उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाडौंको अधिवेशनमा भने ।
उनले एमालेबाहेकका दलहरूसँग कुनै एजेण्डा पनि नभएको आरोप पनि बताए ।
एजेण्डा नभएकै कारण अन्य दलहरूले एमालेको भण्डाफोर मात्र गर्ने भन्ने गरेको भन्दै आलोचना गरे ।
‘उनी दलहरूले यो काम हिजो गरेको भन्न सक्दैनन् । भोलि यो काम गर्छु भन्न पनि सक्दैनन् ।
खाली एजेण्डा एमालेको भण्डाफोर गर्ने रे,’ उनले भने, ‘जनकपुर–रेल किन चलायौँ भन्ने होला ।
नेपालमा किन रेल कुदायाँै भन्ने होला रु पूर्व–पश्चिम रेलमार्गको नक्सांकन किन गरियो भन्ने होला रु’
उनले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा एमालेसँग डराएको बताए ।
देउवा एमालेको पाखुरा देखेर डराएको उनको भनाइ छ ।
उनले सबै दल एकतिर लागे पनि एमालेलाई जित्न नसक्ने दावी गरे ।
५० प्रतिशतभन्दा बढी जनता एमालेको पक्षमा रहेको पनि बताए ।