११ चैत २०७८, शुक्रबार

चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार नेपाल भ्रमणमा आउँदैछन् ।

परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेशमन्त्री वाङलाई परराष्ट्र सचिव भरतराज पौड्यालसहितको टोलीले विमानस्थलमा स्वागत गर्नेछन् ।

नेपाल भ्रमणका क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् ।

यस्तै परराष्ट्रमन्त्री खड्कासँग दुई पक्षीय भेटवार्ताको मिति चैत १२ गतेका लागि तोकिएको छ ।

भ्रमणका क्रममा उनले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्ने तय भएको  छ ।

विदेशमन्त्री वाङ चैत १३ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

वाङको भ्रमणका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

वाङ बस्ने ठाउँदेखि सडक तथा औपचारिक र अनौपचारिक कार्यक्रम स्थलहरूमा विशेष निगरानीसहितको सुरक्षा सतर्कता बढाइने भएको  छ ।

नेपालको संसदबाट एमसीसी पारित भएपछि हुन लागेको चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर