११ चैत २०७८, शुक्रबार
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा ग्याल्जेन शेर्पा विजयी भएका छन् । नेपाली कांग्रेस र एमालेबीच भएको गठबन्धबाट शेर्पा अध्यक्ष बनेका थिए । उनले माओवादी केन्द्र र जनता समाजवादीबाट उम्मेदवार बनेका सोनाम लामालाई पराजित गरेका हुन् । शेर्पाले ४४ मत ल्याउँदा लामाले ८ मत मात्रै पाए।
महासचिवमा पनि कांग्रेस-एमालेकै गठबन्धनबाट दिवस राई निर्वाचित भएका छन् । उनले ३६ मत ल्याएर माओवादी–जसपाका उम्मेदवार सुकविर थामीलाई पराजित गरेका हुन् । थामीले १५ मत मात्रै ल्याए।
अन्य सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा वुद्ध घर्ती निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै ७ जना उपाध्यक्षमा युवराज जिरेल, ध्यानी उराँव, क्षेत्रबहादुर थकाली, गम्भीरसिंह गुरुङ भोटे, लाक्पा शेर्पा, लहरु जिमी र श्रुति कुमाल रहेका छन् ।
त्यस्तै एक उपहासचिवमा रामकृष्ण लामा निर्विरोध निर्वाचित भएका छन् ।
सचिवहरुमा मंगलराम दराई, गोविन्द लामा, मोहन राजवंशी, विकास सुरेल, ममता मेचे, छोर्गेल लामा, यमुना छन्त्याल र भ्रदकुमारी बरामु निर्वाचित भएका छन् । कोषाध्यक्षमा विमल सारु र सहकोषाध्यक्षमा रिदार नोसाङ भोटे निर्विरोध निर्वाचित भएका छन्।









