२०७८ फाल्गुन २९, आईतवार

प्रायः आफ्ना गीत संगितबाट सामाजिक चेतना फैलाउने गायक प्रकाश सपुतको नयाँ गीत पीर आलोचनाको भुंग्रोमा परेको छ ।

गीतमा समेटिएका पूर्व माओवादी छापामारसँग जोडिएका प्रसंगले माओवादी बृत्तकै निष्ठामा आँच आएको भन्दै माओवादीका नेता कार्यकर्ताले सपुतको गीतलाई सामाजिक बहिस्कार गर्नुपर्नेदेखि प्रतिवन्ध लगाउनु पर्ने र सपुत विरुद्ध कानुनी कारबाही थाल्नुपर्ने माग गरिरहेका छन् ।

उनीहरुले सपुतको गीतले गलत सन्देश दिन खोजेको र माओवादी जनयुद्धका उपलब्धीलाई विर्सेर बदनाम गराउन खोजेको दावी गरेका छन् । सामाजिक सन्जालमा सपुतको चर्को आलोचना भईरहेको छ ।

प्रकाश सपुतको गीतबारे बाबुरामको टिप्पणी–‘जनयुद्ध’  को विरोध गरेको छैन’  माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाईसिएल ईन्चार्ज रामप्रसाद सापकोटाले फेसबुकमा लेखेका छन्ः ‘जब एउटा सर्जक सिर्जनामाथि व्यापार गर्न थाल्छ नि, उसले बजार हेर्छ र मानिसहरूका भावनाहरूबाट आफैलाई मार्छ । प्रकाश सपुत एक राम्रा सर्जक हुन् ! व्यापारमा सिर्जना नमारून् ! ञपिर’ को परिकल्पनाको समग्र पक्ष्यप्रति राजनीतिक कोण नबनाउ  तर माओवादी जनयुद्द लड्ने एक महिला छापामारको अभावलाई उनले ञदेह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन् ( त्यो आपत्तिजनक मात्रै होईन दण्डनिय छ ।

उसो भए सर्जक सपुतलाई मेरो एउटा प्रश्न ( अभाव, निराश अनि गरिव महिलाहरूले देह व्यापार नै गर्छन् हो ?’  सायद ति महिलाहरूले नलडेको भए सपुतहरूले स्वतन्त्र गितहरूमा निर्धक्क संगित भरेर उन्मुक्त गुनगुनाउन सक्दैनथे !

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले लेखेकी छन्, ‘महान जनयुद्धको कारण केही थान मन्त्रीहरु ,माननियहरु र टाठा बाठाहरुको जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताको ब्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रुपमा छ । सहिद परिवार बेपत्ता परिवार ,पुर्व जनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताको ब्यवस्थापनमा नेतृत्व बेखवर भने छैन ।

कतिपय प्रयत्न हरु सफल हुन सकेका छैनन् ।ब्यवस्थापनमा केही नभएको भन्ने पनि होेइन विभिन्न तहमा प्रयत्नहरु भइरहेका पनि  छन तर ब्यवस्थापन हुन नसकेका जटिलताहरु देखाएर जनयुद्धमा सहभागी महिलाहरु शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरि प्रकाश सपूत जि ले युटुवमा अपलोड गरिएको पिर नामक भिडियो आपत्तिजनक र निन्दनीय छ ।

जनयुद्धकै कारण महिलाले स्वतन्त्रता , न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३५ प्रतिशत महिला सहभागीता सुनिश्चित भएको कुरा प्रकाश जि तपाईंलाई बुझाईरहन पर्ने हो । जनयुद्ध सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भोगेको जातिय विभेद बिरुद्ध पनि लडेका थिए भन्ने कुरा यति चाडै भुल्नु भयो ।

तिनै दिदिबहिनीहरु माथि अपमान हुने गरि बनाइएको तपाईंको पिर नामक भिडियो सार्वजनिक माफि मागेर तत्काल युटुवबाट नहटाइए तपाईंको यस्तो गैर जिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु ।’ विद्यार्थी नेता नरेश रेग्मीले लेखेका छन्, ‘जनयुद्ध माथि कसैले स्वस्थ आलोचना गर्छ भने हामीले गाली गर्ने होइन हात मिलाएर धन्यवाद भन्न भन्नुपर्छ र भन्छौँ पनि।

ईमानदारिताका साथ गरिन्छ भने जनयुद्ध माथी निर्मम बहस गर्न पनि हामी तैयार हुनु पर्छ र हामी तैयार छौँ पनि। चामलबाट बियाँ केलाउने उदेश्य हो भने हामीलाई त्यसमा केही आपत्ति छैन।

तर, चामल केलाउने बहानामा हुँदै नभएको काँचको टुक्रा उल्टै मिसाएर चामल नै फाल्नु पर्ने तर्क हामीलाई मन्जुर छैन। प्रकाश सपूतले चामलबाट बियाँ निकाले जस्तो गरेर सुटुक्क चामलमा काँच मिसाउने काम गरे। गीत भाइरल बनाएर पैसा कमाउने नाममा उनले जनयुद्ध लडेका क्रान्तिकारी योद्धाहरुलाई अपमानित गर्ने काम गरेकोले उनको गीत हाम्रो लागि आपत्तीजनक छ।

आज जनयुद्ध लेडेका कैयौँ योद्धाहरुको अवस्था नाजुक भए पनि ती योद्धाहरुको सामाजिक-राजनितिक चेतना तपाईंले देखाएको जस्तो कमजोर छैन। बरु, तपाईंका केही गीत हेर्ने हो भने तपाईंको राजनितिक एवं सामाजिक चेतना एकदम कमजोर देखिन्छ।’

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज अथकका स्वकीय सचिव तथा युवा नेता दिलिप सोनीले लेखेका छन्, ‘महान जनयुद्धको क्रममा देश र जनताका लागि आफ्नो ज्युज्यान आहुती दिन तयार हुदैं देशमा स्थापित गणतन्त्र,संघीयता,समानुपातिक समावेशी प्रतिनिधित्व लगायतका उपलब्धिहरु लडेर ल्याउने हजारौं पुर्व माओवादी महिला छापामार क.हरुलाई यौन ब्यबसाय गरेको भन्ने आसयको भिडियो र जनयुद्धको घाेर अपमानित प्रशारण गर्ने नालायक गायक प्रकाश सपुतलाई सामाजिक बहिस्कार गरौं .’

 

प्रतिक्रिया

सम्बन्धित खवर