२२ फागुन २०७८, आइतबार

बुटवल-११ को मजुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अधिवेशनबाट माओवादी केन्द्रको नेतृत्वमा रहेको नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), विप्लव नेतृत्वको नेकपा र वामदेव गौतम निकटको समूहको प्यानलले एमालेलाई क्लीन स्वीप गरेको हो ।

गठबन्धनको तर्फबाट अध्यक्षमा पूर्णबहादुर परियारले ४०६ मत प्राप्त गर्दै विजयी हुँदा एमालेका प्रकाश श्रेष्ठले २११ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का सिंहबहादुर बोगटीले ३३९ मत प्राप्त गरी विजयी हुँदा एमालेका ज्ञानप्रसाद भण्डारीले २५६ मत प्राप्त गरे ।

सचिवमा गठबन्धनबाट नेपाली कांग्रेसकी लक्ष्मी कंडेलले एमालेका हुमाकान्त लम्साललाई पराजित गर्दै विजयी भएकी छन् । कंडेलले ३६९ मत प्राप्त गर्दा लम्सालले २२४ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा गठबन्धनकी कमला पाण्डेले ३४८ मत प्राप्त गरी विजयी हुँदा एमालेकी मनकुमारी खत्रीले २४२ मत प्राप्त गरेर पराजित भइन् ।

यस्तै कार्यसमिति सदस्यमा पनि गठबन्धनका सबै उम्मेदवारले विजयी भएका छन् । सदस्यहरूमा विक्रम गुरुङ, दीपा क्षेत्री, राजकुमारी विश्वकर्मा, रोशन केसी, भोजबहादुर पोख्रेल, हर्क जिसी र रनबहादुर गुरुङले फराकिलो मतान्तरले विजयी भएका छन् ।

करिब ९ सय मतदाता रहेको चुनावमा ६८८ मत खसेको निर्वाचन अधिकृत बलराम नयौपानेले जानकारी दिए ।

बुटवल उपमहानगरपालिकाको वडा नंं. ११  नगरको सबैभन्दा धेरै मतदाता भएको वडा हो । यसअघि वडा नंं २ को टोलको चुनावमा पनि एमालेलाई हराउँदै माओवादीसहितको गठबन्धन विजयी भएको थियो ।

यसअघि देवदह खानेपानी संस्थाको चुनावमा भने सत्ता गठबन्धनसहित ६ दलको प्यानललाई एमालेले पराजित गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार