आइतबार १५ फागुन, २०७८

सत्तारूढ गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसिसी व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने सहमति गरेको छ।

व्याख्यात्मक टिप्पणीसहित आजै प्रतिनिधि सभाबाट एमसिसी पारित गर्ने गठबन्धनको तयारी छ।

एमसिसी पारित गर्न दलहरूले ११ बुँदे व्याख्यात्मक टिप्पणीसहितको मस्यौदा तयार पारेका छन्।  उक्त मस्यौदाका प्रतिलिपी नेकपा (माओवादी केन्द्र) र  एकीकृत समाजवादीका सांसदहरूलाई वितरणसमेत गरिएको छ।

नेपाली र अंग्रेजी दुबै भाषामा लेखिएको व्याख्यात्मक टिप्पणीमा एमसिसी अमेरिकी सैन्य गठबन्धनको रणनीति नभएको, यो सम्झौता नेपालको संविधान र कानुनभन्दा माथि नरहेको लगायत बुँदाहरू समेटिएका छन्।

आजै बस्ने मन्त्रिपरिषद्ले यो व्याख्यात्मक सम्झौतालाई संसदमा पेश गर्ने निर्णय गर्नेछ। मन्त्रिपरिषदमा छलफल हुँदा अहिलेको मस्यौदामा केही तलमाथि हुन सक्ने सम्भावना छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर