३ फागुन २०७८, मंगलबार

सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा टेबल गरेर अनुमोदन गर्नुपर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसीलाई संसदमा अघि बढाउनुपर्नेमा जोड दिएको छ ।

कांग्रेस संसदीय दलले, केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिपरिषदले २५ माघ २०७५ मा एमसीसी अनुमोदान सम्झौता संसदमा पेश गर्ने र अनुमोदन भएपछि दातृ निकायलाई जानकारी गराउने निर्णय गरेको र त्यसअनुसार २०७६ असार ३० गते अनुमोदनका लागि संसदमा दर्ता भएको स्मरण गरेको छ ।

त्यसबेला नेकपामा रहेका सांसदहरु अहिले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीमा रहेको भन्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले भने, ‘उहाँहरुको संयुक्त सरकारको मन्त्रिपरिषद्‍बाट पास गरेर दर्ता गराएको प्रस्ताव अनुमोदनका लागि संसदमा प्रस्तुत हुँदै गर्दा एमालेले पनि पक्षमा उभिन्छ, माओवादी पनि पक्षमै उभिन्छ भन्ने विश्वास व्यक्त गरेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर