२०७८ माघ २६, बुधबार

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका ६९,५४४ मामिला भेटिएका छन् ।

यस्तै सोमबार ६७,५९७ नयाँ संक्रमित भेटिएका थिए ।

सोमबारको तुलनामा मंगलबार संक्रमितको संख्यामा साधारण वृद्धि भएको छ ।

यतिबेला १.७२ लाख बिरामी निकोसमेत भएका छन् र १,२१५ कोरोना संक्रमितको ज्यान गएको छ ।

भारतमा हाल ८.८३ लाख जना संक्रमित कोरोनाको उपचार गराइरहेका छन् ।

यस्तै, भारतमा ८ दिनमा छैटौँ पटक कोरोनाका कारण ज्यान गुमाउनेको संख्या हजारभन्दा बढी रहेको छ ।

यद्यपि, संक्रमितमा लगातार गिरावट आइरहेको छ ।

फेब्रुअरीको ८ दिनमा कोरोनाका दैनिक संक्रमितमा ५७ प्रतिशतको गिरावट आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर