२०७८ माघ २५, मंगलवार

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता डा. शेखर कोइरालाबीच मंगलबार भेट भएको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

ओलीलाई भेट्न कोइराला उनको निवास बालकोट पुगेका छन्।

स्रोतका अनुसार मंगलबार साँझ ओलीलाई भेट्न कोइराला बालकोट पुगेका हुन्।

भेटमा ओली र कोइरालाबीच स्थानीय निकायको चुनावलगायत समसायिक राजनीति बारेमा छलफल भएको स्रोतले बतायो।

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार दुबैबीच कुरा जारी छ।

निर्वाचन आयोगले स्थानीय निकायको चुनाव वैशाख ३० मा तोकेको छ।

तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन गर्ने विषयमा ओलीले अडान लिइरहेका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाइतर समूहको नेतृत्व गरेका कोइरालाले पनि स्थानीय निकायको चुनाव तोकिएकै समयमा हुनुपर्ने धारणा सार्वजनिक गरिरहेका बेला प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्षसँग कोइराला भेटघाटमा पुगेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर