२०७८ माघ २३, आईतवार

पछिल्लो २४ घण्टामा हिमपात  र आगलागीका घटनामा परेर ४ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा भएका १४ वटा घटनामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार जुम्लाको तातोपानी गाउँपालिका ७ बारा गाउँ नजिकैको जंगलमा बस्ने ४० वर्षीय एक पुरुषको हिमपातका कारण कठाङ्ग्रिएर मृत्यु भएको छ भने सोही गाउँपालिका ८ टोप्ला बस्ने एक महिलाको पनि हिमपातका कारण कठाङ्ग्रिएर मृत्यु भएको छ ।

उता खोटाङको जन्तेढुंगा गाउँपालिका १ मा एक १८ वर्षीय किशोरीको जलेर मृत्यु भएको छ ।

आगो ताप्ने क्रममा  कपडामा आगो सल्किएर घाइते भएकी उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

त्यस्तै सिरहा कल्याणपुर नगरपालिका ५ मा पनि एक ५५ वर्षीय महिलाको जलेर मृत्यु भएको छ ।

आफ्नै घरमा घुरको आगो ताप्ने क्रममा अचानक शरीरमा आगो सल्किएर उनको मृत्यु भएको प्राधिकरणद्वारा जारी दैनिक बुलेटिनमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर