२१ माघ २०७८, शुक्रबार

सहज रुपमा ई–पासपोर्ट बनाइदिन्छु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

पक्राउ पर्नेमा सुनसरीको इटहरी उप–महानगरपालिका–५ घर भएका  ३५ वर्षीय मनोज सापकोटा छन् ।

त्रिपुरेश्वरस्थित राहदानी विभागमा पासपोर्ट बनाउन आएका सर्लाहीका सोमबहादुर स्याङतानलाई उनले ‘सहज रुपमा पासपोर्ट बनाइदिउँला’ भनेर १२ हजार रुपैयाँ लिएर भागेका थिए ।

ठगेर भागेको सुराक पाएपछि महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनलाई बिहीबार पक्राउ गरेको हो ।

माघ १८ मा इ–पासपोर्ट बनाउने ठाउँमा स्याङतानलाई भेटेर सापकोटाले पैसा लिएका थिए ।

काठमाडौंको संगमचोक बस्ने आरोपीविरुद्ध आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर