२०७८ पुष २८, बुधबार

स्याङ्जामा १६ महिने बालकको चक्कु प्रहार गरी हत्या भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

वालिङ नगरपालिका–१२, सिर्सीबोट घर भई भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङको छोरा १६ महिनाको साइमन गुरुङको हत्या भएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका डीएसपी राजेन्द्रप्रसाद अधिकारीले  बताए ।

हत्यामा संलग्न भएको अभियोगमा एउटै घरमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङ पक्राउ परेको उनले बताए ।

‘घटनामा गुरुङकी दिदी ५ वर्षीया साइना पनि घाइते छिन्, उनको अवस्था मध्यम छ ।’

प्रहरीका अनुसार साइमनको घाँटीमा चक्कु प्रहार भएको थियो । गुरुङले किन नाबालकलाई चक्कु प्रहार गरे भन्ने खुलिसकेको छैन । ’

प्रतिक्रिया

सम्बन्धित खवर