२०७८ पुष २३, शुक्रबार

कपिलवस्तुमा सा्रेत नखुलेको करिब ३३ लाखसहित एक युवा पक्राउ परेका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

पक्राउ पर्नेमा कपिलबस्तु नगरपालिका–९ हर्नामपुरका चेतन खटिक भन्ने ३९ वर्षीय राम बहादुर खटिक रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले खटिकका साथबाट स्रोत नखुलेको ३२ लाख ८९ हजार १ सय ५० नेपाली रुपैयाँ र १ लाख ८५ हजार ४० भारतीय रुपैयाँ सहित गएराति प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा अवैध लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त नगद र विभिन्न कम्पनीका १६ थान मोबाइल फोन फेला पारी उनलाई पक्राउ गरेको गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर