२०७८ पुष २३, शुक्रबार

जनता समाजवादी पार्टी (जसपा)का लुम्बिनी प्रदेश समिति सदस्य मञ्जित यादव (सोनु) एमालेमा प्रवेश गर्नुभएको छ ।

शुक्रबार एमालेको नवौँ जिल्ला अधिवेशनमा यादव जसपा परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको हो । उहाँलाई एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल, स्थायी समिति सदस्य घनश्याम भुसाल, रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदी लगायतले पार्टीमा प्रवेश गराउनुभयो ।

यादव गत स्थानीय तहको निर्वाचनमा रुपन्देहीको ओमसतिया गाउँपालिकाको अध्यक्ष पदमा तत्कालीन संघीय समाजवादी पार्टीबाट उम्मेदवार भई दोस्रो स्थान हासिल गर्नुभएको थियो ।

त्यस्तै ओमसतिया गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मसहुर आलम खान पनि एमालेमा प्रवेश गर्नुभएको छ ।

उहाँ गत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी पार्टीबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एक हजार बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको पार्टीका लुम्बिनी प्रदेश सदस्य गुणाखर भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर