२०७८ पुष २१, बुधबार

रुपन्देहीमा छुट्टा छुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

जिल्लाको सिद्धार्थनगर नगरपालिका–१२ देबकोटा चोकमा लु ३४ प १३७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा २५ वर्षीय युवाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्तपालमा उपचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मृतक युवाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । साथै सोही मोटरसाइकलमा सवार सिद्धार्थनगर नगरपालिका–१२ का राहुल गुरुङको भीम अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी बुटवल उपमहागनगरपालिका–५ नेपालगंज रोडमा मंगलबार राति स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएको छ । स्कुटरको ठक्करबाट पैदलयात्री नवलपरासी वर्दघाट नगरपालिका चिसापानी घर भई हाल बुटवल उपमहानगरपालिका–९ दिपनगर बस्ने ५१ वर्षीय सुवास राना मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर