२०७८ पुष २१, बुधबार

डडेल्धुराका आलु कृषकले  खेतीमा डडुवा लाग्दा फेरि क्षति व्यहोर्नु परेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नवदुर्गा गाउँपालिका वडा नंबर २ र ३ क्लष्टरका कृषकहरुले दोश्रो खेतीको रुपमा ६ सय क्वीन्टल आलु बिउ लगाएकोमा आधा जति आलुमा डडुवा लागेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई आलु सुपरजोन कार्यालय डडेल्धुराले कृषकलाई प्राविधिक परामर्श दिँदै औषधि र भिटामिन छर्केर उपचार गर्न सुझाव दिएको छ ।

परम्परागत खेती गहुँलाई विस्थापित गर्दै आलु खेतीमा लागेका नवदुर्गाका कृषकलाई स्थानीय सरकारले २५ प्रतिशत बजेट अनुदानबाहेक अरु कुनै चासो नदिएकोमा कृषकले गुनासो गरेका छन् ।

स्थानीय सरकार, प्रदेश सरकार र परियोजनाको अनुदान, विमा शुन्क अनुदान तथा किसानहरुलाई आवश्यक सहयोग प्राप्त हुन थालेपछि गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा आलु उत्पादन बढेसँगै डडेल्धुरामा चक्लाबन्दि प्रणालीमा १२ हजार रोपनी अर्थात ६ सय बढि हेक्टर आलुखेती विस्तार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर