२०७८ पुष २१, बुधबार

भारतमा कोभिड–१९ महामारीको तेस्रो लहर तिब्र रूपमा फैलिएको छ। नयाँ दिल्ली र मुम्बईमा व्यापक मात्रामा कोरोना संक्रमण फैलिएको छ।

पछिल्लो २४ घन्टामा भारतमा कोरोनाका ३७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

मंगलबार थपिएका ३७ हजार ३ सय ७९ मध्ये दुई तिहाइभन्दा धेरै मुम्बई र दिल्लीका छन्।

संक्रमण बढेसँगै मंगलबार दिल्ली सरकारले साताको दुई दिन कर्फ्यूको घोषणा गरेको छ। दिल्ली रेड जोन राख्दै उपमन्त्री सिसोदियाले सातामा दुई दिन कर्फ्यूको घोषणा गरेका हुन्।

दिल्लीमा शनिबार र आइतबार अब कर्फ्यू रहनेछ।

निजी कम्पनीमा पनि ५० प्रतिशत मानिसले घरबाटै काम गर्नुपर्ने हुन्छ। यसअघि दिल्लीले कोरोना संक्रमण नियन्त्रणको लागि रात्रिकालीन कर्फ्यू लगाएको थियो।

दिल्लीमा कोभिड पोजेटिभ रेट दैनिक ५ प्रतिशतभन्दा बढीले बढिरहेको छ।

भारतमा पछिल्लो समय कोरोना संक्रमण फैलिनुको मुख्य कारण कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट रहेको अधिकारीहरुले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर