२०७८ आश्विन २४, आईतवार

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा भएको झडपमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ४  पुगेको छ । भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेहरूमध्ये ४ जनाको मृत्यु भएको हो ।

अस्पतालमा ५ जना प्रहरीको पनि उपचार भइरहेको छ । मृतक कपिलवस्तु वाणगंगाका ४८ वर्षको रमेश परियारको मात्र पहिचान खुलेको छ ।

सुकुम्बासीको नाममा केही समूहले औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेपछि उत्पन्न तनाव नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले हाल त्यस क्षेत्रमा कर्फ्यू जारी गरेको छ । तर, आन्दोलनकारीको प्रदर्शनले स्थिति नियन्त्रणमा आउन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर