
२०७८ आश्विन २४, आईतवार
पाल्पामा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । स्याङ्जाबाट बुटवलतर्फ आउँदै गरेको ट्रकको ठक्करबाट पैदलयात्री ५९ वर्षीय श्यामबहादुर रोकाको मृत्यु भएको हो । ग २ ख ३३५ नम्बरको ट्रकले पाल्पाको बगनासकाली गाउँपालिका –२ पोखराथोक रोकालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।
ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जानकारी दिएको छ ।