२०७८ आश्विन २४, आईतवार

प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत गरेका छन् । आइतबार बिहान बालुवाटार पुगेर हमालले देउवालाई राजीनामापत्र बुझाएका थिए । हमालले राजीनामा दिएसँगै देउवाले राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयका सदस्य प्रकाश देउवाले बताए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा दिएका हुन् ।

विभिन्न संचार माध्यममा आएका समाचार र कानुनविद्हरुले प्रश्न उठाएपछि पदबाट राजीनामा गरेको हमालले बताएका छन् ।

हमाल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशिल छन् । उनी २०२७ सालदेखि कांग्रेसको विभिन्न पदहरुमा बसेर काम गरिसकेका व्यक्ति हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार