
२०७८ आश्विन १०, आईतवार
युट्युबमा भिडियो राखेरै मानिसहरुले थुप्रै आम्दानी गरेको हामीले देख्दै सुन्दै आएका छौं। युट्युबबाट पैसा चाहिँ कसरी कमाइन्छ त ?
हामीले युटुयुबबाट कसरी पैसा आउँछ र यसका लागि हामीले के के गर्नुपर्छ भन्ने टिप्सहरु प्रस्तुत गरेका छौं।
यूट्युब प्लेटफर्म सन् २००५ मा सार्वजनिक भएको थियो। यदि कसैले यूट्युबमा क्रिएटर वा र्सजकमका रुपमा काम गर्न चाहेको खण्डमा सबैभन्दा पहिले एउट यूट्युब च्यानल हुनु जरुरी हुन्छ।
यो च्यानल जीमेल एकाउन्टमार्फत् साइन इन गरेर खोल्न सकिन्छ। यसरी च्यानल तयार भइसकेपछि त्यसमा आफ्नो भिडियो अपलोड गरेर त्यसलाई व्यवस्थित गर्दै रकम कमाउने तिर लाग्न सकिन्छ।
यूट्युबका लागि भिडियो बनाउँदा यी कुरामा ध्यान दिनुहोस्
यदि तपाईँ यूट्युबमा निशुल्क रुपमा आफ्नो करियर शुरू गर्न चाहनुहुन्छ भने तपाईँले केही महत्वपूर्ण कुराहरुलाई ध्यानमा राख्नु जरुरी हुन्छ। अर्थात् तलका केही सामान वा सेवाको राम्रो बन्दोबस्त गर्नुपर्ने हुन्छ।
यूट्युबबाट कहिले र कसरी आउँछ पैसार?
यूट्युबबाट कमाई गर्नका लागि अलि लामो समयसम्म निरन्तर रुपमा काम गरिरहनुपर्छ। यसका लागि लगातार भिडियो क्रिएट अर्थात् सिर्जना गर्नुपर्छ।
साथै एक दुईओटा भिडियो भाइरल भएर पैसा पाइन्छ भन्ने मानसिकता पनि राख्न मिल्दैन। यूट्युब च्यानल मनिटाइजेशन पोलिसीलाई आत्मसात् गर्दै त्यसै अनुरुप भिडियो बनाउने र अपलोड गर्दै जाने गर्नुपर्छ।
यूट्युब च्यानल मनिटाइजेशन पोलिसी अन्य थुप्रै पोलिसी वा नीतिनियमहरुको एउटा समूह हो जसले तपाईलाई यूट्यूब च्यानल मनिटाइज गर्ने मौका दिन्छ।
भुल्न नहुने कुरा
१२ महिनामा ४ हजार भ्यालिड पब्लिक वाच आवर हुनुपर्ने
एडसेन्समा लिंक भएको एकाउन्ट चाहिने
१ हजार सब्स्क्राइबर हुनुपर्ने
युट्युबको कम्युनिटी गाइडलाइनको पूर्ण रुपमा पालना गर्नुपर्ने