आईसीसी लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजिका लागि ओमान भ्रमणमा गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज मंगलबार स्वदेश फर्किएको छ।

नेपाली टोलीलाई क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए।

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ ह्वाटमोर तथा स्ट्रेन्थ र कन्डिसन प्रशिक्षक भारतीय राकेश कुमार काशीभाइ गोहिल (राकेश गोहिल) भारत गएका छन्।

ओमान र अमेरिका सम्मिलित सिरिजका ४ मध्ये २ खेलमा जित निकालेको थियो।

गत आइतबार भएको खेलमा नेपालले ओमानलाई ७ विकेट पराजित गर्दै वन डे क्रिकेट इतिहासमा पहिलो जित दर्ता गरेको थियो। पहिलो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो।

अमेरिकासँगको पहिलो खेलमा ५ विकेटले हराएको नेपालले दोस्रो खेल ६ विकेटले गुमाएको थियो।

२ खेलमा जित निकालेको नेपाल अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। सिरिजअन्तर्गतको ८ खेल खेलेको नेपाल ८ अंक जोडेको छ।

१३ खेलबाट २० अंक जोडेको ओमान तालिकाको शीर्ष स्थानमा छ। १५ खेलबाट १४ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ।

सिरिजअघि पपुवा न्युगिनीसँगको दुई खेलको एक दिवसीय सिरिजमा नेपालले क्लिन स्विप गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर