
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान दिवसले नेपालीलाई राष्ट्रनिर्माणको प्रक्रियामा भावनात्मक एकतामा बाँधेको
बताउनुभएको छ ।
आज संविधान जारी भएको ५ वर्ष पूरा भएर ६ वर्ष लागेको उपलध्यमा शुभकामना सन्देश दिँदै कोइरालाले संविधानमा आएका र आउँन सक्ने
कठिनाई तथा चुनौतीलाई सामना गर्न साझा प्रयत्नहरु आवश्यक रहेको बताउनुभयो ।
संविधानले जनताको बृहतर हितलाई केन्द्रमा राखेर समयनुकूल परिष्कृत र विकसित गर्न सकिने आधार स्वयं संविधानले नै प्रदान गरेको
कोइरालाले उल्लेख गर्नुभएको छ ।
‘विद्यमान संविधान मार्फत मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र, सुनिश्चित र संस्थागत भएको छ’, कोइरालाले भन्नुभयो ‘यस अतिरिक्त
संविधानले जनताका नैसर्गिक अधिकारहरुलाई प्रत्याभूत गर्दै सबै वर्ग, क्षेत्र र समुदायको विविधता र विशेषताका समग्र आयामहरुको सुरक्षा
प्रदान गर्दै जनतालाई नै शासन सत्ताको केन्द्रमा राखेको छ ।’