१ असोज २०७८, शुक्रवार

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको स्वास्थ्य समितिको आयोजनामा  बेलायतमा शुक्रबारदेखि तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन शुरू भएको छ।

‘भर्च्युयल रूम’ मार्फत विभिन्न विषयमा सम्बन्धित विशेषज्ञले आ-आफ्ना कार्यपत्र प्रस्तुत गर्दै कार्यक्रमको शुरुवात गरिएको छ‍। गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिका संयोजक एवं सम्मेलनका अन्तर्राष्ट्रिय संयोजक डा. सन्जिव सापकोटाले सम्मेलनमा स्वास्थ्य सम्बन्धि बिभिन्न कार्यपत्र प्रस्तुत हुने बताए।

सम्मेलनमा नेपाल, बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानेडा, जापान, बंगलादेशसहितका देशका करिब ५ सय स्वास्थ्यकर्मी, अनुसन्धाता, वैज्ञानिक लगायत सहभागी हुने आयोजकले बताएका छन्। सम्मेलनमा ५० भन्दा बढी नेपाली चिकित्सकले आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।

बेलायतमा आयोजना गरिएको स्वास्थ्य सम्मेलनको समापनमा एनआरएनए यूकेले आइतबार अल्डरसटमा एक च्यारिटी डिनर कार्यक्रमको आयोजना गरेको एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर