१ असोज २०७८, शुक्रवार
दुर्घटनामा आफ्नो दुबै हात गुमाएका इब्राहिम हमदतू मुखमा ब्याट च्यापेर सबैलाई चकित पार्नेगरी उनी टेबल टेनिस खेल्छन् । उनले खेलेको भिडियो अहिले भाइरल बनेको छ ।
मिस्रका खेलाडी इब्राहिमको टेबल टेनिस खेल्ने प्रतिभा अद्भुत छ । दुबै हात नभएका उनी आम टेनिस खेलाडी जस्तै फुर्तीका साथ टेनिस खेल्ने गर्दछन् ।
उनी खुट्टाले बल उठाएर सर्विस गर्छन् र मुखले च्याएको ब्याटले बल पास गर्छन् ।
४८ वर्षीय टेबल टेनिस खेलाडी इब्राहिमले १० बर्षको उमेरमा रेल दुर्घटनामा आफ्ना दुबै हात गुमाएका थिए । त्यसयता टेबल टेनिसको क्षेत्रमा लामो यात्रा तय गरेर उनी पाराओलम्पिक खेलसम्म पुगेका हुन् ।
This is incredible. 48 year old Egyptian Paralympian Ibrahim Hamadtou who lost his arms in a train accident aged 10 in Tokyo today. Could have played football but took up table tennis “as a challenge.” How inspiring is this? (via @Ch4Paralympics) pic.twitter.com/ONB59KwgVD
— Omid Djalili (@omid9) August 25, 2021