३१ भाद्र २०७८, बिहिवार
एनआरएनए कतारको सहयोगमा चार जना नेपालीहरु स्वदेश फर्किएका छन ।
विभिन्न कारणले रोजगारी गुमाएर नेपाल फर्कनको लागि हवाई टिकट नभइरहेको अवस्थामा एनआरएनले हवाई टिकट उपलब्ध गराएको थियो ।
यसरी एनआरएनएको सहयोगले नेपाल फर्किनेहरुमा काठमाडौँकी अस्मिता लामा, भोजपुरका मोहन पौडेल,मोहत्तरीका उदय कुमार यादब र बाजुराका विकाश शाही रहेका छन् ।
यसअघि पनि एनआरएनएले कोरोना भाइरसका कारणले कतारमा रोजगारी गुमाएर नेपाल फर्कन प्राथमिकतामा परेका तर हवाइभाडा जुटाउन नसकेका ५५ जनालाई हवाई टिकट सहयोग गरेको थियो ।