३१ भाद्र २०७८, बिहिवार

कतार प्रहरीका लागि आएको दुई सय जनाको माग (डिमाण्ड) रद्ध भएको  कतारस्थित नेपाली दूतावासले  जनाएको छ।

यस अघि त्यहाँको आन्तरिक मन्त्रालयले नेपालको अल ताक्वेत ओभर्सिस् प्रालिमार्फत दुई सय नेपाली लिने गरी दूतावासमा मागपत्र पेश गरेको थियो।  म्यानपावरले भर्ना प्रकृयासमेत अगाडि बढाएको थियो।

उक्त मन्त्रालयले छनोट हुनेले टिकट, भिसा लगायत कुनै पनि शुल्क तिर्नुनपर्ने  भनेर मागपत्र पेश गरे पनि म्यानपावरले प्रतिकामदार सात लाखसम्म असुलेको पाइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर