३० भाद्र २०७८, बुधवार

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली शर्मा ओलीले वर्तमान सरकारले केहि गर्न नसक्ने  बताउँदै बुख्याँचाको संज्ञा दिए । उनले भने ‘यो सरकार बुख्याँचा होकि सरकार ?, बुख्याँचाले बरु चरा धपाउँछ तर, यो सरकारले त त्यहीपनि सक्दैन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको वृहत कार्यकता भेलालाई सम्बोधन गर्दै ओलीले भने आज मध्यरातबाट नै थाहा हुन्छ सरकारको हैसियत । भोलिदेखि यो सरकारले बजेट खर्च गर्न पाउँदैन ।’ वर्तमान सरकारले अघिल्लो सरकारले ल्याएको बजेट प्रतिस्थापन गर्दै ल्याएको प्रतिस्थापन बजेट पास गर्ने समय आज मध्यरातदेखि सकिनेहुँदा भोलिदेखि नै सरकार बेखर्चि हुने उल्लेख गरे ।  यसैगरी अध्यक्ष ओलीले एमाले फुटाउन माधव नेपाल लगाएतले खेलेको भूमिकाप्रति आक्रोश व्यक्त गरेका छन् । उनले भने ‘माधव नेपालले हामी सरकारमा हुँदा हामीले गरेका राम्रा काम कहिल्यै देखेनन् ।

पार्टी फुटाउन उनै लाग्ने अझै प्रचण्डसँग मिलेर सडकमा गएर मलाई र विष्णु पौडेललाई साधारण सदस्यबाट पनि निकाल्न भन्ने ?’ भेलामा उपस्थित कार्यकर्ताहरुलाई आश्वासन दिँदै भने ‘तपाइँहरु ढुक्क हुनुस्, एमाले फुटेको होइन,चुइँटिएको हो । पिलो निचोरिएको हो । पार्टी सुदृढिकरणमा लाग्नुहोस् ।’ नेता कार्यकर्ताहरु विजयी यात्राको तयारी गर्न आह्वान गर्दै उनले फेरी एमालेको पालो आउने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर