
३० भाद्र २०७८, बुधवार
एमालेका उपमहासचिव विष्णु पौडेलले माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टीले एक सिट पनि नजित्ने दाबी गरेका छन् । बुटवलमा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उनले विगतमा एमाले फुटाउनेहरूले एक सिट पनि नजिते जस्तै माधव नेपालको हालत पनि त्यस्तै हुने दाबी गरे ।
उनले माधव नेपाल भविष्यमा कांग्रेसमा जाने भएकाले भ्रममा नपर्न कार्यकर्तालाई आह्वान गरे । ‘माधव नेपालको झुन्ड बनेर, माधव नेपालमार्फत कांग्रेसमा जाने, कांग्रेसको सेवा गर्नुपर्ने कुनै जरुरी छैन । माधव नेपाल झुन्डले गरेको गतिविधि सत्य होइन,’ उनले भने ।
‘देउवा प्रधानमन्त्री भएपछि पनि केही स्वार्थी तत्वहरू पार्टीको पक्षमा होइन, पार्टी विभाजनको पक्षमा लागे । हामी कुनै हालतमा एमालेलाई विभाजित हुन दिने छैनौं,’ उनले थपे ।