
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
३० भाद्र २०७८, बुधवार
मलेसियामा कोरोना सक्रमणवाट एकै कम्पनीमा कार्यरत दुईजनाको ५ घण्टाको फरकमा मृत्यु भएको छ ।
दार्चुला कौटे घर भई मेलेसियाको केलागमा रहेको एक सेक्युरिटि कम्पनीमा कार्यरत ४६ वर्षिय प्रेम सि वडालको गए राती मृत्यु भएको हो ।
करीव ९ वर्ष देखि मलेसियामा कार्यरत वडालमा सेक्टेम्वर १ तारिखमा सक्रमण पुष्टि भएको थियो । चार दिन अगाडि मात्रै केलाग अस्पतालमा भर्ना भएका वडालको गएराती मृत्यु भएको हो ।
वडालको परिवारमा श्रीमती एक छोरा र एक छोरी रहेका छन । परिवारहरु सवैजना दार्चुलावाट हाल महेन्द्रनगरमा वस्दै आएका छन ।
यसैगरी कोरोना सक्रमणवाट नै वुधवार विहान धादिङका ४७ वर्षिय हर्क वहादुर घलेको मृत्यु भएको छ । हर्कपाचँ वर्ष देखि मलेसियामा कार्यरत थिए । दुवैजना विजीएस सेक्युरिटि कम्पनीमा कार्यरत थिए ।