दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
२९ भाद्र २०७८, मंगलवार
मलेसियामा कोराना सक्रमणवाट २७ वर्षिय एक युवाको मृत्यु भएको छ ।
सोह्र महिना अगाडि रोजगारीको लागि मलेसिया आएका गोर्खा नगरपालिका वडा न ११ माझिगौडाका २७ वर्षिय दिल वहादुर आले मगरको मंगलवार विहान करीव १० वजेतिर मृत्यु भएको हो । एक हप्ता अगाडि मात्रै कोरोना सक्रमण देखिएका दिल चार दिन देखि जोहोरको अस्पतालमा उपचार गराईरहेका थिए । मंगलवार विहान ८ बजे तिर दिलले घरमा भिडियोकल गरेर आफुलाई ज्वरो आएको,खोकि लागिरहेको र स्वास्वा वढिरहेको वताएका थिए ।
करीव दश वजेतीर मलेसियावाट छोरा वितेको खवर घर परिवारमा आएपछि परिवारका सवैजना अर्धचेत अवस्थामा पुगेका छन । श्रीमती र आमा वोल्न समेत सक्ने अवस्थामा छैनन ।
दिलयस अघि रोजगारीको लागि २०१६मा कतारमा सेक्युरिटि गार्डमा गएका थिए । कतारवाट फर्केपछि फेरी रोजगारीकै लागि २०२०को फेवु्अरी महिनामा सेक्युरिटि गार्डको भिषामा मलेसिया आएका थिए ।
दिल परिवारका कान्छा छोरा हुन । छोरी जन्मिएको एक महिना पछाडि नै मलेसिया आएका दिलको छोरीको उमेर अहिले १५ महिना मात्र पुगेको छ । परिवार श्रीमती,आमा वुवा दाजु भाउज्यु रहेका छन ।