२८ भाद्र २०७८, सोमवार
इजरायल जान इच्छुक युवाहरुको भाषा परीक्षा सरकारले सोमबार लिएको छ । काठमाडौंका विभिन्न ११ स्थानका १६ परीक्षा केन्द्रवाट परीक्षा लिएको हो ।
वैदेशिक रोजगार विभागका सूचना अधिकारी तथा प्रवक्ता कमल ज्ञवालीले का अनुसार ९ हजार ६९९ जनाले आवेदन दिएकोमा ७ हजार ९ जनाले परीक्षाका लागि प्रवेश पत्र वुझेकोमा ६ हजार ३१७ जना परीक्षामा सहभागि भएका थिए ।
लिखित परिक्षमा पास भएकाहरुको मध्येवाट १ हजार ४ सय कामदार छनोट गरिनेछ । सो सूची इजरायल सरकारलाई पठाइनेछ । इजरायलले सो सूचीबाट कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको छनोट गर्नेछ । छनोट प्रक्रिया सकिएपछि ७०० महिला र ३०० पुरुष इजरायल रोजगारको लागि जान पाउनेछन् ।
शुरुमा एक वर्षको करार ५ वर्षसम्म थप गर्न सक्ने व्यवस्था छ । इजरायल जान लाग्ने अनुमानित १ लाख ६५ हजार ७०० बराबरको खर्च श्रमिक आफैंले व्यहोर्नुपर्नेछ । त्यहाँ तोकिएका आयकर लगायतका कर पनि तिर्नुपर्ने हुन्छ । रोजगारीमा जाने व्यक्ति कम्तिमा १।५ मिटर उचाई र ४५ केजी तौल भएको हुनुपर्ने व्यवस्था छ