दिनेश खडका खप्तडि/ क्वालालम्पुर

२८ भाद्र २०७८, सोमवार

मलेसियामा कोरोना सक्रमणवाट एक हप्ता अगाडि ज्यान गुमाएका बाब्ला ३ विष्टगाउँ अछामका ३८ बर्षिय छत्र वहादुर विष्टको आज हिन्दु परम्परा अनुसार सिम्पाङ लिमामा रहेको दाहसंस्कार गृहमा अन्त्येष्ठि गरिएको छ ।
प्राईम प्याकेजिक इष्डटिज शाहआलममा कार्यरत रहेका विष्ट करीव सोह्र दिन अगाडि देखि विरामि थिए । स्थानिय क्लिनिकमा केहि दिन उपचार गराएकोमा सो क्लिनिकमा अक्सिजन नभएपछि डिचार्ज गरेर सेलायाङ अस्पतालमा लगिएको थियो ।
अस्पतालमा उपचारकै क्रममा मंगलबार विहान छत्रको मृत्यु भएको हो । विष्ट पाचँ वर्ष अगाडि रोजगारीको लागि मलेसिया आएका थिए । विष्टको परिवारमा श्रीमती र दुई छोरा छन ।

प्रतिक्रिया

सम्बन्धित खवर