दिनेश खड्का खप्तडि/ क्वालालम्पुर

२८ भाद्र २०७८, सोमवार

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मलेसियामा कम्पनी छाडेर हिडेका दुई नेपालीलाई त्यहाँको एक कम्पनीले प्रहरीमा उजुरी दर्ता गराएको छ ।
मलेसियाको रावाङमा रहेको जोली इम्पोट एक्पोट को एसडिएन विएचडि रावाङमा कार्यरत कृष्ण वहादुर वम्जन र कृति चौधरीको नाममा रावाङ प्रहरीमा उजुरी दर्ता भएकोे छ ।
उनीहरु उक्त कम्पनीमा दुई वर्ष देखि कार्यरत रहेका थिए । दुवैजना सेक्टेम्वर ९ तारिख देखि कम्पनी सगं सम्पर्कमा नआएपछि प्रहरीमा रिपोर्ट गरिएको कम्पनीले जानकारी गराएको छ ।
कम्पनी श्रोतले दिएको जानकारी अनुसार वैधानिक हुदाहुदै भागेर अन्यन्त्र गएकाले कम्पनी छाड्नेहरु तथा कम्पनीलाई समेत अप्ठेरो पर्ने भएकाले प्रहरीमा उजुरी गरिएको वताउदै कम्पनीमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर