२८ भाद्र २०७८, सोमवार

नेकपा एमाले पूर्वीरुकुमले जिल्ला कमिटीलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्किएको वताएको छ ।
आइतबार बसेको जिल्ला कमिटी बैठकले साबिक जिल्ला कमिटीका ५ जना सदस्य  नेकपा (एकीकृत समाजवादी)को पक्षमा लागेकोमा नेकपा एकताका समयमा माओवादीबाट आएका ६ जना एमालेमै रहेकाले जिल्लामा पार्टीलाई विभाजनको क्षति नभएको एमाले जिल्ला सचिव लिलामणि गौतमले जानकारी दिनुभयो ।

https://amzn.to/4myfPN5

एमाले पूर्वी रुकुमका अनुसार सर्बोच्च अदालतले २०७७ फागुनमा माओवादी केन्द्र र एमाले अलग-अलग हुँने फैसला गरेपछि माओवादी केन्द्रबाट समावेश भएका ६ जना जिल्ला कमिटी सदस्यहरु एमालेमै रहेका छन् । माओवादीका ६ जना तत्कालीन जिल्ला सदस्यहरुलाई नेकपा एमालेले विभिन्न जिम्मेवारी समेत दिईसकेको छ, जसअनुसार निर्माण बुढालाई प्रदेश कमिटी सचिवालय सदस्य, रुजिधन घर्ती मगरलाई जिल्ला कमिटीका उपाध्यक्ष, तेजेन्द्र बुढा मगरलाई उपसचिव बमबहादुर बुढा मगरलाई जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युबा संघ रुकुम पूर्वको अध्यक्ष, सन्तोष खड्का र अर्जुन बाइकलाई जिल्ला कमिटीका महत्त्वपूर्ण जिम्मेवारी दिईएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर