२७ भाद्र २०७८, आइतवार

संयुक्त अरब ईमिरेट्स (युएई) ले युएई छोडेको ६ महिना कटेकाहरुलाई पुन: युएई प्रवेश सहज बनाएको छ ।
तर त्यसरी जानेहरुले कोभिड १९ विरुद्दको खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने र भिसाको म्याद कायमै रहेको हुनुपर्नेछ ।
त्यस्ता व्यक्तिहरुलाई सेप्टेम्वर १२देखि प्रवेश सहज बनाउने जानकारी युएईको सम्वन्धित सरकारी निकायले जानकारी गराएको ईमिरेट्स न्यूज एजेन्सी (वाम) ले जनाएको छ ।
यस्तो प्रावधानले नेपाल सहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भियतनाम, नामिविया, जिम्वावे लगायतका मुलुकबाट जानेहरुले प्रवेश अनुमति पाउनेछन् ।

वामले दिएको समाचार अनुसार ६ महिना भन्दा बढी समय युएई भन्दा बाहिर रहेपनि आवासिय अनुमतिको म्याद काम भएमा त्यस्ता व्यक्ति युएई प्रवेश गर्न पाउने छन् ।

युएई प्रवेश गर्न चाहनेहरुले आईसिए, युएईको वेभसाईट मार्फत आवेदन दिनुपर्नेछ । यात्रुले युएईको उडान अगाडी कोभिड १९ विरुद्दको खोप लगाएको प्रमाणपत्र पेश गर्नुपर्नेछ भने ४८ घण्टाभित्र परीक्षण गरिएको कोभिड नेगेटीभ रिपोर्ट पनि साथमा हुनु पर्नेछ । त्यस्तो रिपोर्ट क्यूआर कोड सहितको हुनुपर्नेछ ।
यसरी युएई जानेहरुको र्यापिड पिसिआर टेष्ट उडान अगाडी गरिने, युएई पुगेको चौथो तथा आठौं दिनमा पनि पिसिआर परीक्षण हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर