पोर्चुगल

११ भाद्र २०७७, बिहिवार
लमजुङको मस्याङ्दी गाउँपालिका ३, तरापु पल्लोटारीका पहिरोपीडितलाई लमजुङ समाज पोर्चुगलले २ लाख ३० हजार रुपैयाँ राहत सहयोग गरेको छ । यसैगरी समाजले जिल्ला भित्रका ४ जना मृगौला पीडित बिरामीलाई पनि १ लाख रुपैयाँ सहयोग गरेको छ ।पहिरोका कारण विस्थापित भएकामध्ये घरबारबीहिन २१ परिवार र छहरेखोलाका विस्थापित २ घरपरिवारलाई बुधबार प्रतिपरिवार १०,१० हजार रुपैयाँका दरले कूल २ लाख ३० हजार रुपैयाँ राहत सहयोग गरिएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मर्स्याङ्दी गाउँपालिका ३, तरापुमा आयोजित कार्यक्रममा संविधान सभा सदस्य जमीन्द्रमान घलेले मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, वडाअध्यक्ष प्रेमबहादुर बस्नेत, नेपाल पत्रकार महासंघ लमजुङ शाखा अध्यक्ष आश गुरुङ, पोर्चुगलबाट घरबिदामा आउनुभएका स्वस्तिका गुरुङलगायतको उपस्थितिमा पीडित परिवारलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । वडाअध्यक्ष बस्नेतले सहयोग गर्नुहुने पोर्चुगलमा बस्नुभएका सम्पूर्ण लमजुङबासीलाई धन्यावाद दिनुभएको छ ।

यसैगरी लमजुङ समाज पोर्चुगलले मृगौलाका विरामी क्व्होलासोंथर गाउँपालिका १ का नारायणबहादुर गुरुङ, बेंसीसहर नगरपालिका ९ का सन्तकाशी गुरुङ, राइनास नगरपालिका ५ का दीपक नेपाली र मर्स्याङ्दी गाउँपालिका ३ का निरमाया भुजेललाई जनही २५,२५ हजार रुपैयाँका दरले १ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त रकम बिरामीको खातामा सिधै सहयोग रकम पठाइदिएको समाजका अध्यक्ष लोकेन्द्र गुरुङले बताउनुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर