
२५ भाद्र २०७८, शुक्रवार
लुम्बिनी प्रदेशको लोकसेवा आयोगले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । प्रदेश निजामती सेवा अन्तर्गत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायकस्तर पाँचौ तथा चौथो तहका (अप्राविधिक) पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको हो ।