२३ भाद्र २०७८, बुधवार
जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नासु उमेश कुमार चौधरी घुससहित पक्राउ परेका छन्।
सेवाग्राहीसँग नागरिकताको प्रतिलिपि बनाउनको लागि लिइएको ८ हजार ५०० सय घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
उनलाई जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित लड्डु गोपाल स्वीट्स एण्ड स्न्याक्स पसलबाट लियन्त्रणमा लिइएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएको छ।