दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
२३ भाद्र २०७८, बुधवार
मलेसियामा कोरोना सक्रमणवाट मंगलवार तीन जना नेपालीको मृत्यु भएको छ । दुईजनाको क्वालालम्पुर र एक जनाको पेनाङमा मृत्यु भएको हो ।
इम्पेन मुरानी इण्टरप्राईजेज अन्तरगर्त पेनाङमा रहेको एक ह्विम पाईप निमार्ण हुने कम्पनीमा कार्यरत सिराहा घर भएका ४६ वर्षिय विनोद सिहको सक्रमणवाट मंगलवार विहान मृत्यु भएको हो ।
सेक्टेम्वर एक देखिसक्रमण देखिएपछि सिह क्वारेन्टाईनमा वस्दै आएका थिए । क्वारेन्टाईनमा वसेको वखत विहानको करीव १० वजेतीर मृत्यु भएको हो । उक्त कम्पनीमा अझै चार जना कोरोनाका सक्रिय सक्रमितहरु रहेका छन । शवलाई आवश्यक प्रकृयाको लागि पेनाग अस्पतालमा राखिएको छ ।
यसैगरी प्राईम प्याकेजिङ इण्डटिज शाहआलममा कार्यरत वाव्ला ३ विष्ट गाउँ अछामका ३८ वर्षिय छत्र वहादुर विष्टको पनि मंगलवार विहान सक्रमणवाट मृत्यु भएको छ । विष्ट दुई हप्ता देखि कोरोना सक्रमित थिए । स्थानिय क्लिनिकमा उपचार गराउदा अक्सीजनको अभाव देखिएपछि सेलायाङ अस्पतालमा लगेर भर्ना गरिएको थियो । कम्पनीले वेवास्था गरेको कारण अस्पताल लैजादा खेरी एम्वुलेन्सका खर्च समेत साथीहरुले जुटाएका थिए ।
उपचारकै क्रममा छत्रको पनि अस्पतालमै मृत्यु भएको हो । छत्र पाँच वर्षदेखि मलेसियामा कार्यरत रहेका थिए । छत्रको परिवारमा श्रीमती र दुई छोरा रहेका छन । शवलाई मलेसियामै अन्त्येष्ठि गर्ने तयारी भैरहेको छ ।
त्यस्तै धनुषा जिल्लाको जनकपुर १२ जनकपुर घर भई मलेसियाको कम्पुलान जेविको एम एसडिएन विएचडि सुगाईवुलोका कार्यरत ४८ वर्षिय शत्रुधन साहु कलवारको मंगलवार दिउसो करीव तीन बजेतीर मृत्यु भएको छ ।
करीव सत्र वर्ष देखि मलेसियालाई कर्मथलो वनाएका कलवार पछिल्लो समयमा पाँच वर्ष अगाडि देखि सो कम्पनीका कार्यरत रहेका थिए । कलवारको परिवारमा श्रीमती दुई छा्री र एक छोरा रहेका छन ।
शवलाई मलेसियामा अन्येष्ठि गर्नको लागि आवश्यक कागजपत्रहरु मिलाउने काम भैरहेको कम्पनीले जानकारी गराएको छ ।