दिनेश खडका खप्तडि/ क्वालालम्पुर
२३ भाद्र २०७८, बुधवार
नेपाली जनसम्पर्क समिती मलेसिया ले स्वर्गीय जनक बमको परिवारलाई आर्थिक सहयोग रकम प्रदान गरिएको छ।
नेपाली जनसम्पर्क समिती मलेसियाको तत्कालीन कोषाध्यक्ष तथा नेपाली ब्यावसायी जनक बमको जुलाई १५ तारिखमा कोरोना संक्रमणको कारण निधन भएको थियो ।
मृतकको परिवारलाई थोरै भएनी आर्थिक सहायता होस् उदेश्यले १ लाख १०० रुपैयाँ सहयोग गरिएको जनसम्पर्क समिती मलेसियाका सभापति चोलाकान्त पंङ्गेनीले बताउनुभयो। उक्त रकम सस्थाका पदाधिकारी तथा शुभचिन्तकहरुवाट जुटेको थियो । वमको जुलाई २० तारिख मलेसियामै दाहासंस्कार गरिएको थियो ।