२२ भाद्र २०७८, मंगलवार

निर्वाचन आयोगले जनप्रतिनिधिलाई दल रोज्नका लागि दिएको समय आज सकिँदैछ । । अध्यादेश आएपछि विभाजित भएका एमाले र जसपाका जनप्रतिनिधिले दल रोज्ने समयावधि आज बेलुका ५ बजे सकिने छ ।

https://amzn.to/4myfPN5

केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगेमा दल विभाजन गर्न सकिने अध्यादेशमा स्थानीय तह र प्रदेशका जनप्रतिनिधिलाई २१ दिनसम्म दल रोज्न पाउने व्यवस्था थियो । (एकीकृत समाजवादी) र (लोकतान्त्रिक समाजवादी पार्टी)ले आयोगमा भदौ २ गते दर्ताको दल निवेदन दिएका थिए । सोही अनुसार आयोगले दर्ताको निवेदन आएको मितिदेखिको समय छुट्याएको थियो ।

प्रदेश र पालिकाका जनप्रतिनिधिलाई आयोगले दल रोज्न गएको भदौ २ गतेदेखि २१ दिनको समय दिएको थियो । आयोगका अनुसार आजसम्ममा प्रदेश र स्थानीय तहका जनप्रनिधिले पुरानो दलबाट विभाजित भएर बनेको दल नरोजे पछि रोज्न चाहेमा दल त्याग गरेको ठहरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर