२१ भाद्र २०७८, सोमवार
कुवेतमा रक्सी वनाउने र वेच्ने गरेको आरोपमा चार जना नेपालीहरु पक्राउ परेका छन ।
कुवेतको हवाल्लिमा ९ ओटा फ्लाटलाइ मदिरा उत्पादन गर्ने कारखानाको रुपमा सञ्चालन भैरहेको सुराकि पाएपछि हवल्ली नगरपालिका र सुरक्षाकर्मिको संयुक्त अपरेशनमा घेरा हाली पक्राउ गरिएको अरव टाइम्स कुवेतले छापेका छ ।
पक्राउ परेका मध्ये एक जना नेपाली मोस्टवान्टेनको सुचिमा रहेको समेत समाचारमा उल्लेख गरिएको छ।
घेरा हाली नियन्त्रणमा लिइएको नेपालीद्वारा सञ्चालित मदिरा कारखाना भित्र वरिपरि पुरै रक्सी पोखिएको, सयौं ब्यारेल मदिरा उत्पादनका लागि कच्चापदार्थ र बिक्री गर्न तयार गरिएका सयौं बोतल रक्सी बरामद गरिएको उल्लेख गरेको छ ।
पक्राउ पर्नेहरुको नाम नखुलाइए पनि पक्राउ परेका नेपालिहरुलाइ अनुसन्धानका लागि पठाईएको उल्लेख गरिएको छ ।