राम प्रसाद सुबेदी (संगम)मलेसिया

२१ भाद्र २०७८, सोमवार

https://amzn.to/4myfPN5

साहित्यिक चौतारी नेपाल मलेसिया शाखाको आयोजनामा तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ । साहित्यिक चौतारी नेपाल मलेसिया शाखा काअध्यक्ष खेम मगर कान्छाको सभापतित्व, बरिस्ट साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य बूँद रानाको प्रमुख अतिथ्यता,नेपाली राजदुतावास मलेसियाकि दितिय सचिव यसु बस्नेत र साहित्यिक चौतारी नेपाल केन्द्रीय समिति, संस्थापक अध्यक्ष,सन्दीप संग्रौला दिलदुखिकाको बिशिस्ट आतिथित्यतामा तिज विशेष शुभकामना आदानप्रदान संगै परिचयपत्र बितरण तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा हिन्दु नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारी तिज बिशेष शुभकामना आदान प्रदान, यसअघि पुर्नगठित साहित्यिक चौतारी नेपाल मलेसिया शाखाका पदाधिकारी तथा सदस्य हरुलाई संस्थाको आधिकारीक परिचयपत्र बितरण कार्यक्रम संगै ८ जना साहित्यकारहरुले विभिन्न बिधाका रचना वाचन समेत गरेका थिए ।
कार्यक्रममा भक्त कार्कीले कबिता वाचन, बेहोसि कृष्ण कार्की, रेसम राज बोगटी,खिमु काउचा गरिब, बासुदेब कुमार दनुवार र तारा सोमै मगर संकल्पले गजल वाचन त्यस्तै मोती निरौला र एकदेव कुमार चौधरीले मुक्तक वाचन गरेका थीए।
साहित्यिक चौतारी नेपाल मलेसिया शाखा बरिस्ट उपाध्यक्ष मोति निरौलाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा जनउद्दार केन्द्र मलेसियाका अध्यक्ष केशु थापा,नेपाली मजदुर एकता समाजका केन्द्रीय महासचिव समर्पण भट्टराई, साहित्यिक चौतारी नेपाल लुम्बिनी शाखा अध्यक्ष मेनुका शर्मा जिज्ञासु, पत्रकार भिम लुहार, साहित्यिक चौतारी नेपाल मलेसिया शाखा पुर्ब बरिस्ट उपाध्यक्ष दल बहादुर लामा, नेपाली मजदुर एकता समाज मलेसिया समितिका अध्यक्ष अर्जुन सींह अनुरागी लगायतका शुभकामना मन्तब्य राखेका थिए।
बिश्व महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसका कारण बर्तमान समयमा भौतिक उपस्थिती जनाएर कार्यक्रम गर्न नसकिने कुरालाई मध्येनजर गर्दै भर्चुअल माध्यमबाट कार्यक्रम सञ्चालन गरिएको थियो।
साहित्यिक चौतारी नेपाल मलेसिया शाखाको फेसबुक पेजमा फेसबुक लाईभ मार्फत बिश्वब्यापी रुपमा हेर्न र सुन्न मिल्नेगरी प्रशारीत कार्यक्रमको सञ्चालन साहित्यिक चौतारी नेपाल मलेसिया शाखा संरक्षक राम प्रसाद सुबेदी संगमले गरेका थिए भने प्राविधिक सहयोग शिरीष बन्जाडेले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर